आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो।

आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ४९ रन जोडे । रस अडेरले २, केड कारमाइकल र निल रकले समान ३८, स्टेफन डोहेनीले ३४ रनको योगदान दिए । ग्यारेथ डेल्नी ३० र ग्याभिन होए १८ रनमा अविजित रहे ।

नेपालका तर्फबाट कमलसिंह ऐरीले तीन विकेट लिए । आयरल्यान्डले कमल सिंह ऐरीले उल्भ्सको पहिलो विकेट लिएका छन् । हिजो हुने तय भएको खेल वर्षाका कारण रोकिएपछि आज भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here