क-कसले लेख्दैछन् आगामी आर्थिक वर्षको बजेट ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट लेख्न लेखन मस्यौदा समिति गठन गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य लेखनका लागि मन्त्री पुनले आज समिति गठनको निर्णय गरेका हुन् ।

सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् ।
शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here