श्रम स्वीकृतिको सेवा तीन सिफ्टमा

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहचलले तीन सिफ्टमा सेवा दिन थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म, दिउँसो २ देखि राति ९ बजेसम्म र राति ९ देखि बिहान ४ बजेसम्म गरी तीन सिफ्टमा सेवा दिन थालिएको हो ।

यसअघि बिहान ७ देखि दिउँसो २ बजेसम्म र दिउँसो २ देखि राति ९ बजेसम्म सेवा दिने गरिएको थियो । अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने श्रम अधिकारीहरूको दाबी छ ।

अहिले अनलाइन फराम भरेर टोकन दिने प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको छ । यसअघि १० बजेदेखि प्रणाली खुला गर्दा चाप धेरै भएर पटक–पटक समस्या आइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here