आयरल्यान्ड ‘ए’ सँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच शनिबार दोस्रो टी-२० खेल हुँदै छ। पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल सिरिजमा कायम रहनका लागि पनि शनिबार जित्नै पर्ने दबाबमा मैदान उत्रिँदै छ।

हिजोको खेलमा आयरल्यान्ड वुल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । वुल्भ्सले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमा समेटिएको थियो । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here