नेपालको लगातार दोस्रो हार, गुमायो टी-२० सिरिज

काठमाडौं । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो ।

योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । पहिलो ६ ओभरमा ८७ रन जोडेको नेपालले मध्यम र तल्लो क्रममा त्यसलाई निरन्तरता दिन सकेन ।

नेपालका लागि ओपनर लोकेश बम २५, विनोद भण्डारी २६, देव खनाल ४७ रन बनाए। यस्तै बसिर अहमदले २७, आरिफ शेख १४, कमलसिंह ऐरीले ११ र पवन सर्राफले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आक्रामक सुरुवात गरे पनि नेपालले मध्यक्रममा लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो।

आयरल्यान्डका तर्फबाट बलिङमा बेन ह्वाइटले ३ विकेट लिँदा फिन हान्ड र थोम मायसले दुई/दुई विकेट लिए। यस्तै ग्रेथ डेनली र म्याथ्यू फोस्टरले एक/एक विकेट लिए। पहिले ब्याटिङ गरेको आयरल्यान्डले ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here