नेपालले टस जित्यो, गुजरातलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी-२० शृंखला खेल्ने कार्यक्रम रहेको छ ।

नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here