दोहोरो अंकले घट्यो नेप्से, सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा झरेको हो ।

यसदिन ३१६ कम्पनीको ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँ बराबरको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १ वटा बाहेक सबैको परिसूचक घटेको छ ।

आज सर्वोत्तम सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । आज माया खोला हाइड्रो कम्पनीको शेयर मूल्यमा पोजेटिभ र सर्वोत्तम सिमेन्टमा नेगेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here