हिमाल चढ्न १४८ आरोहीले लिए अनुमति, साढे १० करोड रोयल्टी संकलन

काठमाडौं । यस वर्षको हिमाल आरोहणका लागि चैत महिनामा १४८ जनाले अनुमति लिएका छन् । जसबाट १० करोड ५५ लाख ९१ हजार चार सय रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।

आरोहीले अहिलेसम्म ९ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन् । जसमा सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने ६३ जना छन् । त्यस्तै अन्नपूर्ण आरोहणको अनुमति लिने २५ जना छन् भने आमादब्लम २३ र धौलागिरिको आरोहणको अनुमति लिन १५ जना छन् ।

राजस्व संकलनमा सबैभन्दा बढी सगरमाथाबाट नौ करोड २२ लाख, अन्नपूर्णबाट ५९ लाख ६१ हजार, धौलागिरिबाट ३५ लाख ७० हजार, कञ्चनजंघाबाट १६ लाख ७७ हजार र आमादब्लमबाट १२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here