एउटै स्यान्डलको मूल्य २ अर्ब, किन पर्यो यति महङ्गो ?

काठमाडौं । तपाईंले यो संसारको सबैभन्दा महङ्गो स्यान्डल देख्नुभएको छ ? यसको मुल्य कति पर्छ थाहा छ ?

थाहा छैन् भने आज हामी तपाईंलाई संसारकै सबैभन्दा महङ्गो स्यान्डलको बारेमा जानकारी दिदैँ छौं ।

यो स्यान्डलको नाम ‘प्यासन डाइमण्ड शू’ हो । यसको मूल्य १ करोड ७० लाख डलर अर्थात १ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

अर्बो रकम मूल्य रहेको यो स्यान्डलमा १५ क्यारेट एउटा हिरा जडान गरिएको छ । यसको साथै अन्य साना हिराको टुक्रा र सुन जडान गरिएको कारण यो स्यान्डलको मूल्य धेरै भएको हो । यसै कारण यो लक्जरी स्यान्डलको नाम ‘प्यासन डाइमण्ड शू’ राखिएको हो ।

यो स्यान्डल बनाउनको लागि ९ महिना लागेको थियो । स्यान्डलमा सयौं टुक्रा हिरा जडान गरिएको छ ।

यो स्यान्डल यूएईको ब्राण्ड जदा दुबईले प्यासन ज्वैलर्सको सहयोगमा तयार पारेको हो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here