पर्वतमा धारिलो हतियार प्रहारबाट दम्पतीको हत्या

फाइलफोटो

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–२ राममन्दिरमा गएराति २ जनाको हत्या भएको छ।

घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ। सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। एक्लो ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here