ट्रेजरी र विकास ऋणपत्रको निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट

काठमाडौं । नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल अबदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने भएको छ ।

अब उक्त कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुनेछ । यसअघि केन्द्रीय बैंकबाट नै सरकारी ऋणपत्र तथा ट्रेजरी बिल्सको बोलकबोल हुँदै आएको थियो ।

चैत्र १९ गतेदेखि उक्त व्यवस्था लागू भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सार्वजनिक ऋण व्यवस्थापनले नै सो काम गर्नुपर्ने आवाज उठ्दै आए पनि लामो समयदेखि केन्द्रीय बैंकले नै बोलकबोलको सूचना जारी गर्दै आएको थियो ।

साथै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलको निर्णय डिओएमएस को आधारमा गर्ने भएकोले उक्त कार्यमा सहभागीहरूले डिओएमएस र ओबिएसएस दुवैमा बोलकबोल पेश गर्नु पर्नेछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वित्त नीति र मौद्रिक नीतिबीच सामान्यजस्य कायम हुने गरी सार्वजनिक ऋण व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

अब बजार निर्माता र बिक्री एजेन्टको कारोबार गर्न इजाजत दिने र कारोबार अनुगमन समेत सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here