ओपनएआईले ल्यायो मानव आवाज नक्कल गर्न सक्ने नयाँ टूल

काठमाडौं । ओपनएआईले एक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स टूल सार्वजनिक गरेको छ । जसले आश्चर्यजनक रुपमा मानव आवाजको हुबहु नक्कल गर्न सक्दछ।

ओपनएआईले भ्वाइस इन्जिन नामक उपकरणको प्रारम्भिक परीक्षणबाट नमूनाहरू सार्वजनिक गरेको हो । जसले उनीहरूको आवाज हुबहुजस्तै नक्कल गर्नका लागि बोलिरहेको व्यक्तिको १५ सेकेन्डको नमूना प्रयोग गर्दछ। त्यसपछि प्रयोगकर्ताले टेक्स्टको एक अनुच्छेद उपलब्ध गराउछ र उपकरणले यसलाई एआई-जेनरेटेड भ्वाइसमा पढ्नेछ।

त्यसो त एआई जेनेरेटेड भ्वाइस सेवाहरू पहिले नै जनताका लागि उपलब्ध छन् तर यो केही फरक भएको कम्पनीको दावी छ । एआई इनेवल टेक्स्ट-टु-भ्वाइस टूलले अनुवाद गर्ने, बच्चाहरूको पठापाठनमा मदत पुर्याउने तथा बोल्ने क्षमता गुमाएका व्यक्तिहरूलाई मद्दत गर्न सक्छ, कम्पनीले भनेको छ। तर केहीले यसले गलत सूचना सिर्जना गर्न वा घोटालाहरू गर्न सजिलो बनाउने समेत टिप्पणी गरेका छन् ।

ओपनएआईका अनुसार भ्वाइस इन्जिन हाल शिक्षा र स्वास्थ्य प्रविधि कम्पनीहरू सहित विश्वसनीय साझेदारहरूको सानो समूहूले मात्र प्रयोग गरिरहेको छ । जसपश्चात उनीहरुको रायसहित व्यापक प्रयोगलाई अनुमति दिने वा नदिने निर्धारण गर्नेछ।

कम्पनीका अनुसार ती परीक्षणकर्ताहरूले उनीहरूको स्पष्ट सहमति बिना मानिसहरूको आवाज पुन सिर्जना नगर्न र श्रोताहरूलाई स्पष्ट रूपमा पहिचान गर्न सहमत भएका छन् कि उनीहरूले सुनिरहेको कुरा एआई-उत्पन्न हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here