काठमाडौंमा मेयर हर्क साम्पाङको एकल विरोध प्रदर्शन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ केहीदिन देखि काठमाडौंमा छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन लगायतसँग भेटेका छन्।

धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर काठमाडौं आएका उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरे । ‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here