चालु आवमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले आर्थिक बर्ष २०८०\८१ मा नेपालका आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ। नेपालको अर्थतन्त्र बृद्धिमा पर्यटन पुनरुत्थान र जलविद्युत निर्यात मूख्य कारक हुने भन्दै यस्तो प्रक्षेपण गरेको हो। विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विपे्रषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्नेछ ।

‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्यपि यो प्रक्षेपण बहुचुनौति सहितको छ,जसमध्ये भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धि पर्दछ । जसका कारण विप्रेषणर पर्यटनमा गिरावट आउन सक्ने उल्लेख छ । त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुनेछ,जसले मध्यकालीन वृद्धिलाई सहायता पुर्याउने विश्व बैंकले उल्लेख गरेको छ ।

‘पुँजीगतखर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिकमनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबीन्यूनीकरणको सवालमा महत्वपूर्ण छन्’ माल्दिभ्स, नेपाल र श्रीलंकाकालागि राष्ट्रिय निर्देशक फरिस हदादजर्भोसले भने ।

नेपाल डेभलपमेन्ट अपडेट साउथएसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रुपमा तयार गरिएको हो,जसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकहरुले व्यहोर्नुपरेका नीतिगतचुनौतिहरुको विश्लेषण गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here