गुजरातलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार खेलिएको खेलमा गुजरातलाई आठ रनले हराएको छ ।

१८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो ।गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई हराएको थियो । दोस्रो खेलमा नेपालले बरोडालाई पराजित गरेको थियो । नेपालले शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ । नेपालले बरोडा र गुजरात मध्य एकसँग फाइनल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here