दुई अर्बको बिजनेस टावरमा चहलपहल शून्य

काठमाडौं । दुई अर्ब बढी रूपैयाँ खर्च गरेको बनाइएको दमकको बिजनेस टावरको औचित्य माथि प्रश्न उठेको छ। अब यसको उद्घाटन गर्न मात्र बाँकी छ। उद्घाटन हुनै लाग्दा पनि बिजनेस टावरलाई व्यावासायिक प्रयोजनका लागि उपयोग गर्न कसैले चासो देखाएका छैनन्।

अहिले टावरअगाडि उभिएर सेल्फी खिच्न मान्छेहरू टाढा टाढाबाट पुग्ने गर्छन् तर टावरभित्र भने चहलपहल शून्य छ। १८ तला रहेको यस टावरमा १६ तलासम्म लिफ्टको व्यवस्था छ। १६ वटै तला पूर्णरूपमा व्यावसायिक प्रयोजनका लागि बनाइएको छ भने बाँकी दुई तला दृष्यावलोकनका लागि उपयुक्त छन्।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा टावर निर्माण गरिएको हो। ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा झापामा बिजनेस टावर बनाउने घोषणा उनले गरेका थिए। यसको शिलान्यास भने दोस्रोपटक प्रधानमन्त्री भएको बेला गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here