फिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो, अर्जेन्टिना शीर्ष स्थानमा कायमै

काठमाडौं । फिफा वरीयतामा नेपाल तीन स्थान खस्किएको छ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल हाल १७८ औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औं स्थानमा थियो ।

वरीयतामा भारत चार स्थान खस्किएको छ भने दक्षिण एसिया (साफ)मा भारत शीर्ष स्थानमा छ ।

यसअघि ११७ औं स्थानमा रहेको भारत हाल १२१ औं स्थानमा झरेको छ । यस्तै, साफको दोस्रो स्थानमा रहेको माल्दिभ्स १६१ औं स्थानमा छ । चौथो स्थानको बंगलादेश १८४औं, पाँचौँ स्थानको भुटान १८५ औं, छैटौँ स्थानको पाकिस्तान १९५ औं र सातौँ स्थानको श्रीलंका २०४ औं स्थानमा छ ।

विश्व वरीयतामा भने विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा बेल्जियम, चौथोमा इंग्ल्यान्ड र पाँचौँमा ब्राजिल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here