काठमाडौं । चालु आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको फागुनको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा २.५ प्रतिशतले घटेर ९ खर्ब २९ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । कुल वस्तु आयात २.७ प्रतिशतले कमी आई रू १० खर्ब ३० अर्ब २२ रूपैयाँमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ४ प्रतिशतले कमी आई रू. १ खर्ब ६२ करोड कायम भएको छ ।