क्लाउड पत्रिका
काठमाडौं, २४ चैत। नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख नाघेको पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैकिङ कारोबार गर्ने ग्राहक करिब दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कको पछिल्लो अपडेट अनुसार देशभरबाट २ करोड ३७ लाख ८३ हजार ३८९ सय जनाले मोबाइल बैंकिङ लिएका छन् ।
एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो । एक महिनामै २ लाख ७७ हजार ३६१ जना ग्राहक थपिएका छन् । माघ महिनासम्ममा यो संख्या २ करोड ३५ लाख ६ हजार २८ सय रहेको थियो ।
ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ हो। स्मार्टफोनको पहुँच र मोबाइल डेटाको उपलब्धताले मोबाइल बैंकिङ सेवा वृद्धि भइरहेको छ ।
पछिल्लो समय मुलुकमा स्मार्टफोनको पहुँचमा वृद्धि भइरहेको छ । सस्तो र विदेशबाट आफन्तले स्मार्टफोन पठाउने भएकाले गाउँगाउँका उपभोक्ताले स्मार्टफोन प्रयोग गरिरहेका छन् ।
त्यसैगरी, मोबाइल सेवा प्रदायकले डेटा प्याक उपलब्ध गराइरहेका छन् । सस्तो दरमा उपलब्ध भएका डेटा प्याकले पनि उपभोक्तालाई मोबाइल बैंकिङप्रति आकर्षण गरिरहेको छ ।
योसँगै बैंकहरुले पनि मोबाइल बैंकिङ विस्तारको लागि विभिन्न प्रयास गरिरहेका छन् । डेटा प्याकको उपलब्धता र स्मार्टफोनको पहुँच बढेसँगै मोबाइल बैंकिङ चलाउनेको संख्या दिनप्रतिदिन बढेको छ ।
नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो। स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको थियो ।
स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो।