प्रविधिले जोखिम बढायो, सचेत हुन गभर्नरको निर्देशन

काठमाडौं ३, असोज । बैकिङ क्षेत्रमा बढ्दो प्रविधिगत जोखिमबारे सचेत हुन गभर्नर चिरन्जीवी नेपालले निर्देशन दिएका छन् । आधुनिक बैकिङको बढ्दो उपयोगले जोखिम पनि सँगै आउने भएकाले सचेत बन्न उनले निर्देशन दिएका हुन ।

‘डिजिटल क्रान्तिको सकारात्मक र नकारात्मक दुबै कुरा हुन्छ,’ उनले भने, ‘अब जोखिम न्यूनिकरणमा लाग्नुपर्यो।’ नयाँ प्रविधिहरुको बारेमा सचेत रहन बैंक तथा वित्तीय संस्थालाई उनले निर्देशन दिए । ‘खासगरी बैंकिङ क्षेत्रको लागी यो अझ महत्वपूर्ण कुरा हो ,’ उनले थपे ।

बिहीबार राजधानीमा सम्पन्न वित्तीय क्षेत्रमा साइवर जोखिमबारे आयोजित कार्याक्रममा गभर्नरले यस्तो निर्देशन दिएको हो । कार्यक्रम नेशनल बैंकिङ इन्स्टिच्यूट लिमिटेड (एनबीआई)ले आयोजना गरेको हो ।

भर्खरै भएको एटीएम चोरीको घटना, साइबर फ्रड अहिले नेपाली बैंकको प्रमुख चिन्ताको विषय बनेको उनले बताए । सम्मेलनमा कसरी साइबर अपराध पत्ता लगाउन, रिपोर्ट गर्न, अनुगमन र रोकथाम गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो ।

कार्यक्रममा एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले सम्मेलनको विषयगत मुद्दामा प्रकाश पारेका थिए ।

एनबीआईका निर्देशक सुमेद भट्टराईले नेपालको एटीएम ह्याकमा र दुई वर्ष अधि बंगलादेशको केन्द्रीय बैंकमा भएको ह्याकिङबारे जानकारी दिए ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विज्ञहरुको प्रस्तुति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here