उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा २ दिन बिदा

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन हुने दुई जिल्लाका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई निर्देशन दिएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई ६ बुँदे निर्देशन दिने क्रममा यस्तो निर्देशन पनि दिएको हो ।

इलाम निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशसभा क्षेत्र बझाङ १(१) मा मतदानस्थल र केन्द्र रहेका विद्यालयमा २ दिन सार्वजनिक बिदा हुनेछ । चुनाव हुने दिन बैशाख १५ गते शनिबार भएकाले स्वतः बिदा नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here