नरिवल पानीः मृगौलाको सुरक्षादेखि तौल घटाउनेसम्म

काठमाडौं । अत्याधिक गर्मी तथा कुनै प्रकारको थकाइको महशुस भएको समयमा नरिवल पानीले हाम्रो शरिरमा उर्जा थप्ने काम गर्छ ।

नरिवल पानीमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । नरिवल पानीमा भिटामीन सी, म्याग्नेसियम, सोडियम तथा क्याल्सियम जस्ता पोषक तत्व पाइन्छन् ।

यसका साथै गर्भवती महिलाको स्वास्थ्यको लागि पानी फाइदाजनक हुनुका साथै बिरामी व्यक्तिहरुलाई पनि फाइदाजनक हुन्छ ।

कुन कुरामा लाभ मिल्छ ?

१. डायरिया

नरिवल पानीले शरिरमा पानीको मात्रालाई कमि हुन दिदैंन् । डायरिया तथा अन्य प्रकारका स्वास्थ्य समस्याको कारण शरीरमा पानीको मात्रामा कम हुँदा नरिवल पानी फाइदाजनक हुन्छ ।

२. गर्भवती महिला

गर्भवति महिलालाई धेरै मात्रामा तरल पदार्थ आवश्यक पर्छ । नरिवलको पानीमा रगतको मात्रा बढाउने र रक्तचाप कम गर्न सक्ने गुण हुने कारण उनको स्वास्थ्यमा नरिवल पानीले राम्रो प्रभाव पार्छ ।

३. ब्लड प्रेशर

नरिवल पानीमा भएको भिटामीन सी, पोटासियम र म्याग्नेसियमले ब्लड प्रेशरलाई नियन्त्रणमा राख्ने गर्छ । कोलेष्ट्रोल र चिल्लो पदार्थ नभएको कारण नरिवल पानी सेवनको कारण मुटुसम्बन्धी समस्या हुने खतरा कम हुन्छ ।

४. तौल कम गर्ने

नरिवल पानी पूर्णरुपमा चिल्लो पदार्थ मुक्त हुने भएको कारण तौल कम गर्ने क्षमता यसमा हुन्छ । नरिवल पानीमा आवश्यक पौष्टिक तत्त्व हने र यो खाएपछि भोक नलाग्ने भएको कारण तौल कम गर्ने क्षमता हुन्छ ।

५. खाली पेट

विहान खाली पेटमा नरिवल पानी खानु सबैभन्दा उत्तम मानिन्छ । यसमा एसिड कम गर्ने क्षमता हुने भएको कारण यो फाइदाजनक हुन्छ । तपाईं तौल कम गर्ने सोचमा हुनुहुन्छ भने खाना खानुभन्दा पहिले नरिवल पानी खाएमा तौल कम गर्न सहयोग गर्छ ।

६. स्वाद

हरेक व्यक्तिलाई निश्चित मात्रामा पानीको आवश्यकता पर्छ तर कतिपयलाई पानी खान त्यत्ति मन पर्दैन । त्यस्तो अवस्थामा स्वादसहितको नरिवलको पानी एक विकल्प बन्न सक्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here