दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ४८ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा पुगेको हो ।

यसदिन ३०८ कम्पनीको ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँ बराबरको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये २ वटा बाहेक सबैको परिसूचक घटेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ५८ लाख रुपैयाँ बराबरको २ लाख २ हजार १५७ कित्ता शेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज माण्डू हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ९.६९ प्रतिशत कमाएका छन् भने सिंगटी हाइड्रोपावरका शेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here