राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे विजयी भएकी छन् । फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनकी साझा उम्मेदवार घिमिरेले नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराएकी हुन्।

उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्‍यो । विपक्षमा १६ मत खसेको थियो । बैठकमा ५५ सांसद उपस्थित रहेका थिए । उनको विपक्षमा नेपाली कांग्रेससहित १६ सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त भएको पदमा आज निर्वाचन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here