दुधकोशी नदीमा पौडी खेल्न गएका दुई जनाको मृत्यु

काठमाडौं । भोजपुरमा दुधकोशी नदीमा पौडी खेल्न गएका दुई जना युवकको मृत्यु भएको छ।

बुधबार आमचौक गाउँपालिका-१० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा आमचोक(६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको मृत्यु भएको हो ।

दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै घटनास्थलमा इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here