नेपालको आर्थिक वृद्धि भुटानको भन्दा न्यून, दक्षिण एसियामा भारत बलियो

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो ।

यो प्रक्षेपणले नेपालको अर्थतन्त्रमा सुधार आउने देखाएको छ । केही दिनअघि विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो।

राष्ट्रिय तथ्यांक कार्यालयले केही सातापछि यो वर्षको आर्थिक वृद्धिदरको आकलन सार्वजनिक गर्नेछ।

यो वर्ष नेपालले दक्षिण एसियामा भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने छ ।

दक्षिण एसियामा भारत बलियो

दक्षिण एसियाली मुलुकमा भारतको अर्थतन्त्र सबैभन्दा धेरै ७ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण छ । यो दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी हो ।

बंगलादेशको ६.१, माल्दिभ्को ५.४ र भुटानको ४.१ प्रतिशतले आर्थिक वृद्धि हुने उसको भनाइ छ । यस्तै पाकिस्तान र श्रीलंकामा भने समान १.९ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण एडीबीको छ । एडीबीले अफगानिस्तानको आर्थिक अवस्थामा कुनै प्रक्षेपण गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here