हेलमेट नलगाएको भन्दै पुलिसले बस चालकलाई काट्यो पूर्जी

सांकेतिक तस्वीर

नोयडा, ४ असोज । भारतमा यतिबेला नयाँ सवारी ऐन कार्यान्वयनमा आएको छ । सवारी दूर्घटना न्यूनिकरण गर्न भन्दै सरकारले कडा कानूनि कारवाहीसहितको नयाँ ऐन कार्यान्वयनमा ल्याएको हो ।

हेलमेट नलगाउने, लाइसेन्स बीना नै सवारी चलाउने र अन्य सवारी कसुरमा प्रहरीले दैनिक हजारौं मानिसलाई पूर्जी काटिरहेको छ । यसै सन्दर्भमा भारतको नोयडाबाट एक रोचक खबर सार्वजनिक भएको छ ।

खबर अनुसार प्रहरीले एक बस चालकलाई हेलमेट नलगाएको भन्दै पूर्जी काटेको छ । निजी बस चालकले यो दावि गरेका हुन् । प्रहरीले उनीसँग ५ सय रुपैयाँको पूर्जी काटेको छ ।

निरंकार सिंह नामक ती चालकको दावि अनुसार उनलाई शुक्रवार पूर्जी थमाइएको हो । यो घटना सार्वजनिक भएपछि प्रहरीले दैनिक हजारौंको संख्यामा काटेका अन्य पूर्जीको वैधानिकतामा समेत प्रश्न उठेको छ ।

निरंकार सिंहले यो विषय सम्बन्धित प्रहरीको माथिल्लो तहमा कुरा उठाउने र त्यहाबाट पनि सम्बोधन नभए अदालत जाने बताएका छन् ।

यता, सुरक्षा अधिकारीहरुले पनि यस विषयमा जाँचबुझ हुने र कुनै गल्ती भए सच्याउँदै जाने प्रतिक्रिया दिएका छन् ।

संसदबाट मोटर भेइकर एक्ट पास भएपछि पछिल्लो समय प्रहरीले सडकमा जाँच कडाई गरेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here