कुमारी बैंकको नयाँ वर्ष अफर, २५ प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं । कुमारी बैंकले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर ल्याएको छ ।

यस योजना अन्तर्गत पीओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउनेछन् ।

साथै, क्यूआर भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्नेछन् ।

यो योजना वैशाख १ गते बिहान ८ः०० बजे देखि राति ११ः५९ बजेसम्म लागू हुने बैंकले जनाएको छ । तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलो ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले यो विशेष अफरप्रति उत्साह व्यक्त गरे । ‘नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छौं । यसले ग्राहकहरूमा डिजिटल भुक्तानी प्रणलीमा आवहद हुन प्रत्साहन गर्नेछ,’ उनले भने ।

कुमारी बैंकले हाल देशभरका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ इकाईहरू मार्फत ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here