संयुक्त राष्ट्रसंघ महासभामा नेपालको नेतृत्व परराष्ट्र मन्त्रीबाट

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दैछन् । महासभामा भाग लिन मन्त्री ज्ञवाली शनिबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् ।

सामान्यतया महासभामा राष्ट्रका कार्यकारी प्रमुख महासभा बैठकमा जाने प्रचलन रहेको छ । यस पटक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अस्थिर छ ।

सोहीकारण महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली अमेरिका जान लागेको हो । मन्त्री ज्ञवालीले महासभामा १३ असोजमा सम्बोधनको कार्यक्रम रहेको छ ।

नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा सार्क विदेश मन्त्रीहरुको अनौपचारिक वार्तामा अध्यक्षताको अवसर समेत मन्त्री ज्ञवालीले पाउने मन्त्रालयले उल्लेख गरेको छ ।

अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रिस्तरिय बैठकमा समेत मन्त्री ज्ञवाली सहभागी हुने मन्त्रालयले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here