गिब्सले दिए दीपेन्द्रलाई बधाई

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने दक्षिण अफ्रिकाका हर्षल गिब्सले नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बधाइ दिएका छन्।

एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौ खेलाडी बनेका दीपेन्द्रलाई पहिलोपटक ६ छक्का प्रहार गर्ने गिब्सले बधाइ दिएका हुन् ।

गिब्सले क्रिकेट कमेन्टेटर एन्ड्रियु लियोनार्दले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडिओमा ‘वेलकम योङ म्यान’ भनेर लेखेका छन्। गिब्सले नेदरल्याण्ड्सविरुद्ध २००७ को एकदिवसीय विश्वकपमा एकै ओभरमा ६ छक्का हिर्काएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here