नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । काठमाडौं उपत्यका जोड्ने मुख्य सडकमा नेपालको यातायात क्षेत्रले पहिलो सुरुङमार्ग पाएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’काे उद्घाटन गरेका हुन्।

यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । यसअघि २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने योजना थियो।

तर, स्थानीयले विभिन्न माग राखेर निर्माणमा अवरोध गरेपछि फागुन ६ गतेदेखि चैत ५ गतेसम्म सुरुङ खन्ने काम रोकिएको थियो। त्यसवेला १४ मिटर खण्ड मात्रै खन्न बाँकी थियो। जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङमार्ग छैनन्।

२.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ।

यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ। सुरुङमार्गमा अब करिब १ मिटर मात्रै पूरा हुन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here