नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट

काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो ।

कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।

टस हारेर बलिङ रोजेको नेपालले सुरुबाटै हङकङलाई दबाबमा राखेको थियो । नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए । स्पिनरद्वय ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट बाँडे । ललितले अन्तिम ओभरको चौंथो र पाचौं बलमा लगातार विकेट लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here