सामसङ विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड, एप्पल दोस्रोमा

काठमाडौं । विश्व स्मार्टफोनको बजार हिस्सामा सामसङ एप्पललाई पछि पार्दै पुनः नम्बर वान ब्राण्ड बनेको छ । विश्व स्मार्टफोन बजारमा सामसङ सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको रुपमा पुनरागमन गर्न सफल भएको हो ।

इन्टरनेसनल डाटा कर्पोरेसन (आइडीसी)को रिपोर्ट अनुसार सन् २०२४ को पहिलो त्रैमासमा सासङले सर्वाधिक ६ करोड १० लाख स्मार्ट फोन सिपमेन्ट गर्दै नम्बर वान स्मार्ट फोन ब्राण्ड बनेको हो । सामसङको बजार हिस्सा २०.८ प्रतिशत छ ।

एप्पल दोस्रो स्थानमा रहेको छ । एप्पलले ५ करोड १० लाख फोन डेलिभरी गरेको छ । यो संख्या अघिल्लो वर्षको यसै अवधिको ५ करोड ५४ लाखको तुलनामा ९.६ प्रतिशतले कम हो ।

एप्पलको बजार हिस्सा गत वर्ष २०.७ प्रतिशतका साथ शीर्ष स्थानमा रहेकोमा यस वर्ष घटेर १७.३ प्रतिशतमा झरेको छ । विश्वभर यो वर्ष मोबाइलको सिपमेन्ट ७.८ प्रतिशतले बढेर २८ करोड ९४ लाख पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here