अनाथको शिक्षाका लागि साना किसानको सहयोग

काठमाडौं ४, असोज । अनाथहरुको शिक्षा तथा पालन पोषणका लागि सानाकिसान विकास लघुवित्त वित्तीय संस्थाले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

संविधान दिवस, २०७६ को उपलक्ष्यमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत साना किसानले २४ जना अनाथहरुको शिक्षाका लागि उक्त रकम सहयोग गरेको हो ।

अनाथहरुलाई एक वर्षसम्मको शिक्षा दिक्षामा सहयोग पु्र्याउँदै संस्थाका अध्यक्ष खेमबहादुर पाठकले १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन ।
पाठकले भने, ‘मुलुक भरीबाट गरिबी हटाउन लागि लागिपरेको यस वित्तीय संस्थाले ८ लाख भन्दा बढी विपन्न तथा साना किसान परिवारलाई वित्तीय सेवा पु्र्याउँदै आएको छ ।’

संविधान दिवश तथा राष्ट्रिय दिवश, २०७६ को उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा ती अनाथहरुलाई संरक्षण गर्दै आएको कृष्ण प्रणामी सत्संग सेवा समिति, काठमाडौंका महासचिव नन्द किशोर शर्मालाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवराम प्रसाद कोईरालाले सो रकमको चेक हस्तान्तरण गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here