गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आउन अर्थमन्त्रीको आग्रह

काठमाडौं, ९ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ वेलायतले लण्डनमा बिहीवार आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आह्वान गरेका हुन् ।

गैरआवासीय नेपालीका समस्या र सम्भावनाबारे छलफल गर्न आफू लण्डन पुगेको पनि उनले बताएका छन् ।
नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको बताए । ‘ठुलो मुलुकमा चेकजाँच हुँदा सामान्य मानिने भएपनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठुलो बनाइएको छ,’ उनले भने । विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङको व्यवस्था भएको भन्दै सबै देशले पनि पूँजी खाता नियमन गर्ने व्यवस्था भएको पनि उनले जानकारी दिए ।

इतिहासमै पहिलो पटक उच्च दरको आर्थिक बृद्धि हुने र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमअफ) को प्रतिवेदनले पनि त्यसको पुष्टि गरिसकेको बताउँदै डा. खतिवडाले चालु वर्षमा ७ प्रतिशतभन्दा बढीको वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए ।

२९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन पुगेका हुन् ।

सम्मेलनले गानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपालमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलनलाई समेत सहयोग पु¥याउने उद्देश्य छ । । बेलायतस्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here