सन्दीपको मुद्दामा उच्च अदालतले पनि माग्यो गौशाला २६ जन्मदर्ता

काठमाडौं । उच्च अदालत पाटनले गौशाला २६ (छ) को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको छ ।

न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले यस्तो प्रमाणपत्र तादी गाउँपालिका-२ बाट मगाउन आदेश गरेको हो।

‘उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलै प्रति एवम् जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका वडा नं. २ को कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्नुहोला,’ उक्त आदेशमा भनिएको छ।

यसअघि जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ (छ) लाई बालिग ठहर गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले पीडित बालिका नाबालिग नै भएको दाबी सरकारी वकिलले गरेको छ । सन्दीपले भने उनी बालिग ठहर भएको भन्दै आफूले सफाई पाउनुपर्ने माग दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here