टी-२० वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को वरियतामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले छलाङ मारेका छन् ।

यसअघि २५ औँ स्थानमा रहेका दीपेन्द्र अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन्। ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

पछिल्लो वरीयतामा नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ३६ स्थान फड्को मारेका छन्। उनी सूचीमा ७५औं स्थानमा छन्।

ब्याट्सम्यानको वरीयतामा नेपालका कप्तान रोहित पौडेल ५३औं स्थानमा छन् भने कुशल मल्ल नौ स्थान उक्लिदै सयौं स्थानमा आइपुगेका छन्। कुशल अलराउन्डर वरियतामा पाँच स्थानमाथि उक्लिएर २७ औं स्थानमा पुगेका छन्। बलरको वरीयतामा नेपालकी खेलाडी शीर्ष सयमा छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here