सुनसरीको चतराधाम आए ‘बागेश्वरधाम सरकार’

काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य श्रीश्री धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) दोस्रो पटक नेपाल आएका छन् । श्रीरामानन्दाचार्य सेवा पीठले सुनसरीको चतराधामको हनुमान मन्दिर प्राङगण लगाइरहेको ऐतिहासिक संकट्मोच श्रीहनुमद् महायज्ञमा कथा वाचन गर्न नेपाल आएको हुन् ।

बैशाख ५ गतेदेखि ९ गतेसम्म शास्त्रीले हनुमान कथा वाचन गर्ने र राममन्दिरको शिलान्यास कार्यक्रम रहेको छ। यसअघि चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने गर्न आएका थिए । सुनसरीको चतराधाममा १२ वर्षे पूर्ण महाकुम्भ मेला पनि भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here