रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुई लेगको खेल समग्रमा ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । यो पराजयसँगै म्यान्चेष्टर सिटीको एउटै सिजन तीनवटा उपाधि जित्ने लक्ष्य अपूरो भएको छ।

पहिलो लेगमा ३–३ को बराबरी खेलेका युरोपेली फुटबलका दुई महारथी दोस्रो खेलमा १–१ गोलको बराबरीमा रोकिएपछि सेमिफाइनल पुग्ने टोलीको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टीमा बर्नाडो सिल्भा र माटेओ कोभासिचले गोल गर्न नसक्दा सिटीको यात्रा रोकिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here