सिन्धुपाल्चोकमा बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो।

५५ जना सवार बसमा घाइते ५२ जना मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here