एनआईसी एशिया बैंकका सीईओ न्यौपानेलाई ‘प्रबल जनसेवा श्री’ पदक

काठमाडौं ४, असोज । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री’ पदकबाट विभुषित हुनेभएका छन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा गरेकी हुन ।

मुलुकको समग्र बैंकिङ क्षेत्रमा न्यौपानेले पु¥याउनु भएकोे योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त पदवीको घोषणा गर्नु भएको हो ।

सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पु¥याउनु भएका ब्यक्ति मध्ये युवा बैंकर न्यौपानेलाई छनौट गरेको हो ।

न्यौपाने नेपालको वाणिज्य बैंकहरुमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतमध्ये सवैभन्दा कान्छा सीईओ हुन ।

नेपालको दुर्गम तथा ग्रामीण जिल्ला रसुवामा जन्मेका न्यौपाने चार्टड एकाउण्टेन्ट हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here