आजदेखि खुले दशैंका टिकट, कहाँ जान कहाँ बाट काट्ने ?

फाइलफोटो

काठमाडौं, ५ असोज । दशैंलाई केन्द्रित गरी बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । उपत्यकाबाट बाहिरिने यात्रुलाई मध्यनजर गरी अग्रिम टिकट खुला गरिएको हो ।

यातायात व्यवस्था विभागका अनुसार सबै यातायात कम्पनीबाट आइतबारदेखि अग्रिम टिकट बुकिङ गर्न सकिने भएको छ ।

आइतबारदेखि लामो दूरीमा चल्ने बसमा अग्रिम टिकट बुकिङ सुरु भएको र काठमाडौं आसपासकै जिल्लामा जान भने दशैंको सम्मुख मै टिकट खुल्ने बताइएको छ ।

आइतबारबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ गर्न सकिने भएको छ ।

पूर्व, पश्चिम सबै स्थानमा जाने बसको टिकट काट्न सकिने भएको छैन । यसपाली भाडा बढेको छैन । त्यसकारण यात्रुले साविककै भाडादरमा टिकट काट्न सक्नेछन् ।

काठमाडौंमा करीव ४५ लाख जनसंख्या रहेको अनुमान छ । त्यसमध्ये दशैंमा मात्र करिब ३५ लाख मानिस काठमाडौं बाहिर जान्छन् ।

सरकारले दशैंको अवसरमा सरकारी कार्यालयमा ६ दिन औपचारिक बिदा दिएको छ । त्यही अनुसार निजी कम्पनीहरुले पनि आफ्नो कर्मचारीलाई बिदा दिन्छन् ।

यसले गर्दा गाउँमा घर भई काठमाडौंमा जागिर गर्ने पढ्ने या व्यवसाय गर्ने सबै जसो मानिस यस पर्वको अवसर पारी बाहिरिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here