अमेरिकाको पीआर लिएर सार्वजनिक पदमा रहेको आरोपमा विकल पौडेल बिरुद्ध मुद्दा

काठमाडनैं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनी विरुद्ध आफ्नो ओहदा ढाँटेर सार्वजनिक पद लिएको आरोप लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विदेशी आवासीय अनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्था छ । उनलाई सो कानुनी व्यवस्था विपरीत झुट्टा विवरण पेश गरी पौडेल केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here