ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य घटेको छ । आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार छापावाल सुन तोलाको १ लाख ३९ हजार ३ सयमा किनबेच भएको थियो । त्यस्तै सो दिन तेजावी सुन तोलाको १ लाख ३८ हजार ६५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको १७ सय ४० मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here