पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ ।

नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेले आयोजना गरेको विशेष समारोहमा भण्डारीलाई सम्मान गरिएको हो ।

भण्डारीलाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सम्मान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here