सरकारले हटायो आईजीपी कार्की, केसीलाई बनाउने निर्णय

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई साे पदबाट हटाएर सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

पछिल्ला विवादास्पद घटनाहरुमा कार्कीको भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो ।

यसैबीच सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ ।

कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए । २४ भदौमा जेनजी आन्दोलनका बेलामा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।