नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको १ प्रतिशत अर्थात् ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here