सुनको मूल्यमा लगातार भारी गिरावट

काठमाडौं । आकासिएको सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ ।

अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज मंगलबार थप २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here