विनाशकारी भूकम्पको ९ वर्ष, स्मृति दिवस मनाइँदै

काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो।

०७२ वैशाख १२ गते बिहान ११:५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भूकम्प गएको थियो। त्यसबखत नेपाली जनताले कहिल्यै नभोगेको, नसोचेको क्षति भयो।

धरहरा, बसन्तपुर ढल्यो। गाँउ, टोलदेखि अस्पतालसम्म चिच्याहट फैलियो। महाभूकम्पबाट करिब ८ हजार ८ सय जनाले ज्यान गुमाउँदा २२ हजार भन्दा बढि घाइते भए।

झण्डै पाँच लाख घरहरु क्षति भए। हजारौंको संख्यामा विस्थापित बने। ८ हजार बढि विद्यालयका भवनहरु भत्किए, करिब ८ सय ऐतिहासिक सम्पदा, हजारौंको संख्यामा अस्पताल र लाखौँ निजी तथा सरकारी घर-भवनहरु भत्किदाँ करिव ६६९ अर्ब रुपैंया बराबरको क्षति नेपालले व्यहोर्नु पर्‍यो।

गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here