रोकियो एसईईको उत्तरपुस्तिका परीक्षण

काठमाडौं । शिक्षकहरूले पारिश्रमिक कम भएको भन्दै काठमाडौं र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य रोकिएको छ । प्रमुख तीन दल निकटका शिक्षक संगठनले एक विज्ञप्ति जारी गर्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने बताएका छन् । उत्तर पुस्तिका जाँच गर्ने चाहना प्रकट गरेर तालिमसमेत लिएपछि अन्तिम घडीमा आएर पैसा नबढाए कापी नजाँच्ने अडान लिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here